× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालमा २१२० जना कोरोना भाइरस संक्रमित थपिए,थप ८ जनाको मृत्यु

    ४ वर्ष पहिले

    असोज १७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १ सय २० जना संक्रमित थपिएका हुन् ।

    २४ घण्टामा १२ हजार ९ सय ७८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १० लाख ६१ हजार ६ सय ६४ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

    हालसम्म संक्रमित हुनेको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ रहेको छ ।संक्रमितमध्ये ९ हजार ७ सय ७३ संस्थागत आइसोलेसनमा छन् भने ११ हजार ५ सय २९ जना होम आइसोलेसनमा रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६२ हजार ७ सय ४० पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ८ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ सय २८ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ४ हजार २ सय ७३ जना रहेको छ । त्यसैगरी आईसीयूमा २१७ र भेन्टिलेटरमा ३१ जनाको उपचार भइरहेको छ।