× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपीएलमा बेंगलोरले राजस्थान लाई हरायो/ कोलकाता र दिल्लीको खेल जारी

    ४ वर्ष पहिले

    ईण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज शेख जायद स्टेडियम आबूधाबीमा भएको पहिलो खेलमा बेंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ ।
    टस जितेर पहिलो ब्याटिङ गरेको राजस्थान रोयल्सले १ सय ५५ रनको विजयी लक्ष्य दिएको थियो । मध्यम लक्ष्य पछ्याएको बेंगलोरले १९। १ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । बेंगलोरको जितमा विराट कोहली ५३ बलमा ७ चौका र २ छक्का सहित ७२ रनमा अविजित रहे ।
    पाडिक्कल ४५ बलमा ६ चौका र १ छक्का सहित ६३ रनमा बोल्ड आउट भए ।एबी डिभिलियर्स १२ रनमा अविजित रहे ।
    राजस्थानका लागि श्रेयस गोपाल र जोफ्रा आर्चरले एक एक विकेट लिए ।
    त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको थियो । खराब शुरुवात गरेको राजस्थान पाँचौ ओभरमा ३१–३ को कमजोर अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि महिपाल लोमरोर र रोबिन उथाप्पाले ३९ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए ।महिपाल लोमरोरले ३९ बलमा ४७ रन र रोबिन उथाप्पाले १७ रन बनाएका थिए ।

    राहुल टेवाटिया १२ बलमा ३ छक्का सहित २४ रनमा अविजित रहे । जोफ्रा आर्चर १० बलमा १ चौका र १ छक्का सहित १६ रनमा अविजित रहे । सातौं विकेटका लागि आर्चर र टेवाटियाले २० बलमा ४० रनको अविजित साझेदारी गरेका थिए ।
    बेंगलोरको लागि चहलले तीन, उडानाले दुई र सैनीले एक विकेट लिए ।
    यो जीतसंगै रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

    त्यस्तै आजै कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिट्ल्स बीच शारजाह मैदानमा दोस्रो खेल जारी छ । कोलकाता कप्तान दिनेश कार्तिकले टस जितेर बलिङ गर्ने निर्णय लिएपछि दिल्लीले पहिला ब्याटिङको निम्तो पाएको हो ।
    यो समाचार तयार पार्दा सम्म दिल्लीले १७ ओभरमा २ विकेटको क्षतिमा १८६ रन बनाएको छ । पृथ्वी शा ६६ र शिखर धवन २६ रन बनाएर आउट भएका छन् भने श्रेयस ऐर ६८ र ऋषभ पन्त २४ रन बनाएर क्रिजमा छन् ।