× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    गगन थापा सहित कांग्रेसका केही नेताहरुलाई कोरोना संक्रमण

    ४ वर्ष पहिले

    काठमाडौँ — कांग्रेस सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई सहित कांग्रेसका केही नेताहरुलाई कोरोना पुष्टि भएको छ । असोज १५ गते पार्टी कार्यालय सानेपामा गरिएको परीक्षणमा थापालाई कोरोना पुष्टि भएको हो ।
    थापाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा बसेको पनि जानकारी दिएका छन् ।
    त्यस्तै थापाले यसबीचमा आफ्नो सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन र कुनै समस्या आए स्वास्थ्यकर्मीसँग परामर्श गर्न पनि अनुरोध गरेका छन् ।

    यसअघि कांग्रेस नेता अर्जुननरसिंह केसीले पनि सामाजिक सञ्‍जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए ।