× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपीएलमा चेन्नईले पन्जाबलाई हरायो

    ४ वर्ष पहिले

    ईण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराती दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको दोस्रो खेलमा चेन्नईले पन्जाबलाई १० विकेटले पराजित गरेको छ ।
    टस जितेर पहिलो ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । पन्जाबका लागि कप्तान केएल राहुलले अर्धशतकीय पारी खेले ।
    त्यस्तै निकोलस पुरानले ३३ रन बनाउँदा मन्दीप सिंह २७ तथा मयंक अग्रवालले २६ रन बनाए । बलिङतर्फ चेन्नईका लागि सर्दुल ठाकुरले दुई विकेट लिए । त्यस्तै रविन्द्र जडेजा र प्रियुस चावलाले समान एक–एक विकेट लिए ।
    १७९ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको चेन्‍नइले १७ ओभर ४ बलमा विना विकेट १८१ रन बनाउन सफल भयो ।
    चेन्नईका लागि वाट्सन र डुप्लेसिसले अर्धशतकीय पारी खेले । ५३ बल खेलेका वाट्सनले ११ चौका र ३ छक्काको सहयोगमा ८३ रन बनाए । त्यस्तै ५३ बल खेलेका डुप्लेसिसले ११ चौका र १ छक्काको सहयोगमा ८७ रनको योगदान गरे ।
    बलिङतर्फ पन्जाबका लागि कुनै पनि खेलाडीले विकेट लिन सकेनन् ।

    आज साँझको खेल दिल्ली क्यापिट्ल्स र रोयल च्यालेन्जर्स बेंगलोर बीच हुनेछ ।