× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालमा पहिलो पटक एक महिलाले एकैपटक जन्माइन् पाँच शिशु

    ४ वर्ष पहिले

    काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति गृहमा आज बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच शिशुको जन्म दिएकी हुन् ।
    पाँचमध्ये चार जना शिशु जीवित रहेका छन् भने १ जनाको भने जन्मनु अघि नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ । प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीको नेतृत्वमा रहेको चिकित्सकहरुको टोलीले शल्यक्रियामार्फत ५ शिशुको निकालिएको थियो ।
    शल्यक्रियामा संलग्न चिकित्सक डा. सुवेदीका अनुसार जीवित जन्मिएका ४ शिशुलाई आइसियुमा राखिएको छ। उनीहरू सबैको स्वास्थ्य सामान्य रहेको छ।जिवित चारै जना छोरी रहेको र मृत्यु भएका एक शिशु छोरा रहेको बताइएको छ।

    सुत्केरी आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा एकै पटक ५ शिशुको जन्म भएको यो नै पहिलो पटक हो ।