× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    अमेरिकन सिडिसीले भन्यो :हावामा रहेका भाइरसबाट संक्रमण फैलिँदैछ

    ४ वर्ष पहिले

    अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले हावाबाट कोरोना भाइरस सर्न सक्ने जनाएको छ ।
    सीडीसीका अनुसार कोरोना भाइरस धुवाँजस्तो लामो समयसम्म हावामा रहन सक्ने भएकाले यसको संक्रमण फैलिरहेको छ ।
    मेडिकल जर्नल अफ साइन्समा प्रकाशित अध्ययनअनुसार पछिल्लो समय संक्रमितको नजिकबाट भन्दा पनि हावाबाट संक्रमण बढी फैलिरहेको हो । हावामा रहेका भाइरसबाट बढी संक्रमण फैलिदा कसरी संक्रमण भयो भन्ने कुरा थाहा नहुने अनुसन्धानमा उल्लेख गरिएको छ ।
    हावाबाट फैलिनेक्रम बढी हुँदा संक्रमण दर बढीरहेको अनुसन्धानकर्ताको दाबी छ । विश्वभर कोरोनाबाट बच्न व्यक्तिगत दूरी कायम गरिए पनि संक्रमण बढ्दै जाँदा अनुसन्धानकर्ताले हावाका कारण बढी फैलिएको पुष्टि गरेका हुन् ।
    अनुसन्धानका अनुसार हावामा रहेका भाइरस केही सेकेन्डदेखि केही घन्टासम्म बाँच्न सक्छन् । र, हावाको माध्यमबाट दुई मिटर वा सोभन्दा बढी यात्रा गर्न सक्छन् । हावामा रहेका भाइरस उडेर इन्डोर वा कम भेन्टिलेसन भएका स्थानसम्म पुग्न सक्छन्, जुन अन्य व्यक्तिका लागि जोखिमपूर्ण हुन्छन् ।
    पछिल्लो समय हजारौं संक्रमितले श्वास फेर्दा वा हाच्छ्यँु गर्दा निस्कने एरोसेलले हावामा लाखौँको संख्यामा भाइरस हुन सक्ने र सावधानी नअपनाउँदा सजिलै स्वस्थ व्यक्तिमा सर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।
    सुरुमा व्यक्तिगत दूरी र भेटघाटलाई संक्रमणको माध्यम मानिएको थियो भने अहिले हावालाई नै संक्रमणको प्रमुख माध्यम मानिएको अनुसन्धानमा उल्लेख छ ।