× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु, एक जना बेपत्ता

    ४ वर्ष पहिले

    जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बुधबार भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। १ जना खोलामा बगेर बेपत्ता भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा वडाध्यक्षदेखि स्वास्थ्यकर्मीसम्म रहेको प्रहरीले जनाएको छ।
    जाजरकोटको सदरमुकाम खलंगाबाट जुनीचाँदे गाउँपालिका जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप गाउँपालिकाको औलभीरबाट करिब पाँच सय मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी किशोर श्रेष्ठले जानकारी दिए।
    प्रहरीका अनुसार दुर्घटनामाजुनीचाँदे गाउँपालिका-११ का वडाध्यक्ष अन्दाजी ५० वर्षीय अमरबहादुर शाही, महेन्द्र माध्यामिक विद्यालय कोर्ताङका विद्यालय व्यवस्थापन समिति अध्यक्ष अन्दाजी ६० वर्षीय कृतिबहादुर शाही, प्राथमिक स्वास्थ्य केन्द्रका अहेबद्वय अन्दाजी ३१ वर्षीय खेमराज शाही र २९ वर्षीय कृष्णबहादुर शाही रहेका जनाईएको छ ।
    यस्तै, अन्दाजी ३५ वर्षीया मालिका बस्नेतको पनि दुर्घटनामा मृत्यु भएको छ। मृतकमध्ये एकजना पुरुषको सनाखत हुन बाँकी छ भने दुर्घटनामा परेका लालबहादुर बुढा बेपत्ता छन् ।
    दुर्घटनामा घाइते भएका नरबहादुर बुढालाई उपचारका लागि सुर्खेत रेफर गरिएको छ।घटनास्थलमा प्रहरी चौकी पञ्चाला, इलाका प्रहरी कार्यालय बडावनको टोली पुगेको छ।

    पहिलोपोष्ट