× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपीएलमा कोलकताले चेन्नईलाई हरायो

    ४ वर्ष पहिले

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भर्खरै सम्पन्न शेख जायद स्टेडियम आबूधाबीमा भएको खेलमा कोलकता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई १० रन हराउँन सफल भए ।
    टस जितेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६७ रन बनायो ।
    कोलकताका लागि राहुल त्रिपाठिले अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ८ चौका र ३ छक्काको सहयोगमा ८१ रनको योगदान गरे । त्यस्तै प्याट कमिन्सले र सुनिल नारायनले समान १७ रनको योगदान गर्न सफल भए ।

    बलिङतर्फ चेन्नईका लागि डुवाइन ब्राभोले सर्वाधिक चार विकेट लिए । त्यसतै शादुर्ल ठाकुर, श्याम करन र करन शर्माले समान दुई–दुई विकेट लिए ।
    कोलकताले जितका लागि दिएको १६८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ५ विकेट गुमाउदै १ सय ५७ रन मात्र बनायो ।
    चेन्नईका लागि ओपनर शेन वाटसनले सर्वाधिक ५० रनको योगदान दिए। त्यस्तै अम्बाती रायुडूले ३० रन बनाउँदा रविन्द्र जडेजा २१ तथा साम करन र फाफ डुप्लेसिसले १७\१७ रन जोडे। कप्तान महेन्द्र सिंह धोनीले ११ रन जोडे।।
    बलिङतर्फ कोलकताका आन्द्रे रसेल, कमलेश नगरकोटी र बरुण चकबर्तीले समान एक एक विकेट लिए ।