× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    २४ घण्टामा ४३६४ जना कोरोना भाइरस संक्रमित थपिए,थप १२ जनाको मृत्यु

    ४ वर्ष पहिले

    असोज २२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६४ जना संक्रमित थपिएका हुन् ।
    २४ घण्टामा १८ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ११ लाख ३१ हजार ९ सय ५८ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।
    हालसम्म संक्रमित हुनेको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ रहेको छ ।संक्रमितमध्ये ११ हजार ७ सय १७ संस्थागत आइसोलेसनमा छन् भने १४ हजार ९ सय ६७ जना होम आइसोलेसनमा रहेका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १२ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ सय९० पुगेको छ ।
    हाल क्वारेन्टिनमा ४ हजार ४ सय ६० जना रहेको छ । त्यसैगरी आईसीयूमा २६५ र भेन्टिलेटरमा ४२ जनाको उपचार भइरहेको छ।