× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकन कबि लुइस ग्लुकले जितिन

    ४ वर्ष पहिले

    यस वर्ष साहित्य तर्फको नोबेल पुरस्कारबाट अमेरिकन कवि लुइस ग्लुक सम्मानित हुने भएका छन्। भर्खरै द स्विडिस एकाडेमीले अमेरिकन कवि लुइस लुकलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
    द स्विडिश एकेडमीले ग्लुकलाई कवितामार्फत व्यक्तिगत अस्तित्वलाई सार्वभौम बनाएको भन्दै लागि नोबेल पुरस्कार दिइएको बताएको छ ।
    सन् १९४३ मा जन्मिएकी ग्लुकले पुत्लिजर पुरस्कार (१९९३), नेसनल ह्युम्यानिटिज अवार्ड (२०१५) लगायत प्रतिष्ठित पुरस्कार जितिसकेकी छिन् । उनका १२ वटा कवितासंग्रह तथा अन्य पुस्तक प्रकाशित छन् ।
    यसैगरि शुक्रबार शान्तितर्फको नोबेल पुरस्कार घोषणा गरिने छ।