× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    पुरुष १० हजार मिटरमा जोसुवा र महिला ५ हजार मिटरमा लेटिसेनबेटको विश्व कीर्तिमान

    ४ वर्ष पहिले

    युगान्डाका धावक जोसुवा चेप्टेगेईले पुरुष १० हजार मिटर दौडमा विश्व कीर्तिमान बनाएका छन् ।त्यसैगरि महिलाको ५ हजार मिटर दौडमा इथोपियाकी लेटिसेनबेट गीडेले विश्व कीर्तिमान बनाएकी हुन् ।

    २४ वर्षीय धावक जोसुवा चेप्टेगेईले १० हजार मिटरमा २६ मिनेट ११ सेकेन्डको समय निकाल्दै १५ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।१० हजार मिटरमा इथोपियाका केनीनिसा बेकेलेले २००५ मा २६ मिनेट १७.५३ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए ।यस अघि जोसुवाले पाँच हजार मिटरमा समेत विश्व कीर्तिमान बनाएका थिए ।

    त्यसैगरि २२ वर्षीया धाविका लेटिसेनबेट गीडेले ५ हजार मिटरमा १४ मिनेट ६.६२ सेकेन्डको समय निकाल्दै १२ वर्ष पुरानो कीर्तिमान तोडेकी हुन् । ५ हजार मिटरमा इथोपियाकै तिरुनेश दिबाबाले २००८ मा १४ मिनेट ११.१५ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका थिईन ।
    यि दुबैले स्पेनको भ्यालेन्सियामा बुधबार आयोजित ‘वर्ल्ड रेकर्ड डे’ मा कीर्तिमान बनाएका हुन् ।