× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपीएलमा हैदरावादले पन्जाबलाई हरायो

    ४ वर्ष पहिले

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो राती सम्पन्न दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदान आबूधाबीमा भएको खेलमा कोलकता हैदरावादले किङ्स इलाभेन पन्जाबलाई ६९ रन हराउँन सफल भए ।
    टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धातिर २० ओभरमा ६ विकेट गुमाउँदै २०१ रन बनाएको थियो । हैदरावादका लागि जोनी बेयरस्टो र डेभिड वार्नरले अर्धशतकीय पारी खेले । ५५ बल खेलेका बेयरस्टोले ७ चौका र ६ छक्काको सहयोगमा ९७ रन बनाउन सके ।
    त्यस्तै ४० बल खेलेका वार्नरले ५ चौका र १ छक्काको सहयोगमा ५२ रन बनाउँन सफल भए । हैदरावादका लागि केन विलियन्सनले २० रन बनाउँदा अविशेक शर्माले १२ रन बनाउँन सफल भए ।

    बलिङतर्फ पन्जाबका लागि रवी विश्नोइले सार्वाधिक तीन विकेट लिए । त्यस्तै आर्शदिप सिंहले दुई विकेट लिँदा मोहमद स्विामीले एक विकेट लिए ।
    हैदरावादले जितका लागि दिएको २०२ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३२ रन बनायो ।
    पन्जाबका लागि निकोलस पुरनले अर्धशतकीय पारी खेले ३७ बल खेलेका उनले ५ चौका र ७ छक्काको सहयोगमा ७७ रन बनाउन सफल भए । त्यस्तै केएल राहुल र प्रवेशसिमरान सिँहले समान ११ रन बनाए । पन्जाबका लागि त्यस बाहेकका ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

    बलिङतर्फ हैदरावादका लागि राशिद खानले सर्वाधिक तीन विकेट लिए । त्यस्तै थङ्गार्सु नटराजन र खालेल अहमेदले समान दुई–दुई विकेट लिँदा अविशेक शर्माले एक विकेट लिए ।