× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन

    ४ वर्ष पहिले

    भारतको केन्द्र सरकारका उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरणमन्त्री रामविलास पासवानको निधन भएको छ ।७४ वर्षिय पासवान लामो समयदेखि अस्वस्थ थिए ।
    मन्त्री पासवानले शनिबार मात्रै मुटुको शल्यक्रिया गराएका थिए । पाँच दशक लामो समयदेखि भारतीय राजनीतिमा सक्रिय पासवान भारतीय राजनीतिका प्रमुख दलित नेता मानिन्थे ।
    गएराति उनको दिल्लीमा रहेको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
    मन्त्री पासवानका छोरा एवं भारतीय लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले ट्वीटरमार्फत् आफ्ना पिताको निधन भएको जानकारी गराएका छन् ।
    उनी भारतको लोकसभा सदस्यमा आठ पटक निर्वाचित भएका नेता हुन् । अहिले भने उनी राज्यभा सदस्य थिए ।उनी लोक जनशक्ति पार्टीका संस्थापक हुन् ।