× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    विश्वकप छनोट खेलमा अर्जेन्टिनाको विजयी सुरुवात

    ४ वर्ष पहिले

    एजेन्सी । विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । कप्तान लियोनल मेस्सीको गोलमा शुक्रबार बिहान भएको विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले इक्वेडरमाथि १–० गोलको जित निकालेको हो । अर्जेन्टिनाको जितमा मेस्सीले १३ औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो ।इन्ज्युरी समयको चौथो मिनेटमा रोड्रिगो डे पल चुक्दा अर्जेन्टिना १-० मै चित्त बुझाउन बाध्य भयो ।
    अर्जेन्टिनाले पहिलो जित निकाल्दै तालिकामा तीन अंक जोडेर दोस्रो स्थानमा छ भने समान खेलबाट समान अंक भएपनि गोल भिन्नताको आधारमा उरुग्वे पहिलो स्थानमा छ । अर्जेन्टिनाले अब ५ दिनपछि बोलिभियाको भ्रमण गर्नेछ । सोही दिन इक्वेडरले उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।