× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    उत्तर कोरियाद्वारा क्षेप्यास्त्र सार्वजनिक अमेरिकासम्म पुगेर आक्रमण गर्नसक्ने दावी

    ४ वर्ष पहिले

    एजेन्सी- अमेरिकासम्म मार हान्न सक्ने दाबी गरिएको ‘आइसीबीएम’ नामको क्षेप्यास्त्र उत्तर कोरियाले सार्वजनिक गरेको छ ।

    शनिबार उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको ७५औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेड निकालिदा सार्वजनिक भएको ‘आइसीबीएम’ नामक क्षेप्यास्त्रले अमेरिकासम्म मार हान्न सक्ने ब्लुमबर्गले जनाएको छ।
    उक्त कार्यक्रम किमको उपस्थितीमा आयोजना भएको थियो। किमले सो क्रममा किमले दुश्मनका सेनाहरुले आणविक खतराका साथै विभिन्न चुनौती थपेको बताउँदै भने,‘हामी हाम्रो युद्ध क्षमताको सुदृढीकरण जारी राख्नेछौं, ताकि सबै प्रकारका जोखिमपूर्ण प्रयासहरू र खतराहरूलाई रोक्न सकौं।’
    नयाँ आइसीबीएम सार्वजनिक गरिनुको अर्थ उत्तरले अमेरिकालाई स्पष्ट रुपमा चेतावनी दिएको विश्लेषकहरु बताउँछन्।

    उत्तर कोरियाले आफूले सन् २०१८ को क्षेप्यास्त्र निशस्त्रीकरणको सम्झौतालाई पालना गरेपनि अमेरिकाले सर्त पुरा नगरेको आरोप लगाउँदै आएको छ।

    सन् २०१८ र सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दुई पटक शिखर वार्ता भएको थियो। तर वार्ताले कुनै निष्कर्ष दिएको थिएन।

    अमेरिकाले विस्तारै प्रतिबन्ध फुकुवा गर्दै लाने बताएको छ, तर उत्तरले एकैपटक पूर्ण प्रतिबन्ध चाहेकाले सम्झौता नभएको अमेरिकी अधिकारीहरु बताउँछन्।