× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ४०४७ जना कोरोना भाइरस संक्रमित थपिए,थप ९ जनाको मृत्यु

    ४ वर्ष पहिले

    असोज २६,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४७ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।
    २४ घण्टामा १४ हजार ५ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ११ लाख ९१ हजार ५ सय १७ जनाको पिसिआर भएको जनाईएको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० रहेको छ । संक्रमितमध्ये १३ हजार ९ सय २३ संस्थागत आइसोलेसनमा छन् भने १९ हजार ९ सय ५७ जना होम आइसोलेसनमा रहेका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ९ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ ।
    हाल क्वारेन्टिनमा ४ हजार ८ सय ३१ जना रहेको छ । त्यसैगरी आईसीयूमा २७९ र भेन्टिलेटरमा ६७ जनाको उपचार भइरहेको छ।