× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपीएलमा बैंगलोरले कोलकातालाई हरायो

    ४ वर्ष पहिले

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो राती सम्पन्न शेख जायद स्टेडियम आबूधाबीमा भएको खेलमा रोयल्स च्यालेन्जर्स बैंगलोरले कोलकता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको छ।
    टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।
    बैंगलोरका लागि एबी डिभीलियर्सले नट आउट अर्धशतकीय पारी खेले । ३३ बल खेलेका उनले ५ चौका र ६ छक्काको सहयोगमा ७३ रन बनाए । त्यस्तै एरोन फिन्चले ४७ रन बनाउँदा कप्तान विराट कोहलीले ३३ रन बनाए ।

    बलिङतर्फ कोलकताका लागि प्रशिद कृष्ण र आन्द्रे रसेलले समान एक–एक विकेट लिए ।
    जितका लागि दिएको १९५ रनको लक्ष्य पछाएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ११२ रन बनायो ।
    कोलकताका लागि शुभम गिलले सवोधिक ३४ रन बनाए । त्यस्तै आन्द्रे रशेल र राहुल त्रिपाठीले समान १६\१६ रन जोले । बलिङतर्फ बैगलोरका लागि क्रिस मोरिस र वासिन्टम सुन्दरले समान दुई\दुई विकेट लिए । त्यस्तै नवदीप शैनी, मोहमद सिराज, युजेभेन्द्र चहाल र इस्रु उडानले समान एक\एक विकेट लिए ।
    यो जितसँगै बैंगलोर ७ खेलबाट १० अंक जोड्दै तेस्रो स्थानमा छ । पराजित कोलकाता ७ खेलबाट ८ अंकसँगै तालिकाको चौथो स्थानमा रहेको छ ।