× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि

    ४ वर्ष पहिले

    पोर्चुगीज तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएको पोर्चुगलको फुटबल संघले पुष्टि गरेको छ ।
    पोर्चुगल फुटबल फेडेरेसन (पिएफएफ)ले जारी गरेको वक्तव्यअनुसार उनमा मङ्गलबार संक्रमण पुष्‍टि भएको हो।
    संक्रमण पुष्टि भएपछि उनी राष्ट्रिय टिमबाट बाहिरिएका छन् । उनले बुधबार हुने स्वीडेनविरुद्धको खेल पनि गुमाउने भएका छन् ।

    नेसन्स लिगमा फ्रान्स र पोर्चुगलबीचको खेल भएको केही दिनमा रोनाल्डोमा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएको केही घण्टाअघि उनले आफ्नो टिमका साथीहरुसँग सेल्फी खिचेका थिए ।