× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपीएलमा चेन्नईले हैदरावादलाई हरायो

    ४ वर्ष पहिले

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो राती सम्पन्न दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा रोयल्स चेन्‍नइले सनराइजर्स हैदरावादलाई २० रनले पराजित गरेको हो पराजित गरेको छ।
    टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो ।
    चेन्नईका लागि शेन वाट्सले सर्वाधिक ४२ रनको योगदान गरे । त्यस्तै अम्बिती रायडुले ४१ रन जोड्दा श्यम करन ३१, महेन्द्र सिंह धोनी २१ र रवेन्द्र जडेजाले २५ रनको योगदान गरे । बलिङतर्फ हैदरावादका लागि सन्दीप शर्मा, अहमेद र थंगारसुन नटराजनले समान दुई\दुई विकेट लिए । जितका लागि दिएको १६८ रनको लक्ष्य पछाएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन बनायो ।

    हैदरावादका लागि केन विलियमसनले अर्धशतकीय पारी खेले । ३९ बल खेलेका उनले ७ चौकाको सहयोगमा ५७ रन बनाए । त्यस्तै जोनी बेरेस्टोले २३ रन जोड्दा प्रियम गर्ग १६ तथा राशिद खानले १४ रनको योगदान गरे । बलिङतर्फ चेन्नईका लागि डुइन ब्राभो र करन शर्माले समान दुई\दुई विकेट लिए । त्यस्तै श्यम करन, रवेन्द्र जडेजा र शार्दुल ठाकुरले समान एक–एक विकेट लिए ।

    जितसँगै चेन्नईले ८ खेलबाट ६ अंक जोडेको छ । चेन्नई तालिकाको छैटौं स्थानमा रहेको छ । यता पराजित हैदरावाद तालिकाको पाँचौ स्थानमा रहेको छ । हैदरावादको ६ अंक रहेको छ ।