× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    युक्रेनद्वारा स्पेन पराजित

    ४ वर्ष पहिले

    एजेन्सी – शीर्षस्थानमा रहेको स्पेन युइएफए नेसन्स लिगका चौथो राउन्डको खेलमा युक्रेनसँग स्तब्ध बनेको छ । स्पेन घरेलु टोलीसँग १–० ले स्तब्ध बनेको हो । किभमा २० हजार समर्थकमाझ मंगलबार राति खेलिएको खेलमा स्पेनले घरेलु टोलीलाई दवावमा राखेपनि रक्षापङ्ति तोड्न सकेन ।

    ७६औं मिनेटमा सब्सिच्युट खेलाडी भिक्टोर टीसीगान्कोभले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले एन्ड्री यार्मोेलेन्कोको पासलाई नियन्त्रणमा लिदै गोलरक्षक डेभिड हे गेया अघि बढेको अवस्थामा गरेको प्रहार गोलमा परिणत भएको थियो । भिक्टोर ६५औं मिनेटमा ओलक्सान्डरको स्थानमा मैदान छिरेका थिए । स्पेनलाई स्तब्ध बनाउन घरेलु टोलीका भिक्टोर टिसीगान्कोभले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । यस्तै युक्रेनले गत महिना भोगेको हारको बदला लिएको छ । अघिल्लो महिना युक्रेन स्पेनसँग ४–० ले पराजित भएको थियो ।

    खेल अवधि भर स्पेनले २१ प्रहार गरेतापनि गोल गर्न सकेन । २ वर्षको अवधिमा स्पेनको यो पहिलो हार हो ।

    युक्रेनसँगको हारपछि पनि स्पेन लिग ‘ए’ ४ को शीर्षस्थानमा यथावत रहेको छ । स्पेनको ४ खेलबाट ७ अंक रहेको छ । समान खेलबाटै जर्मनी र युक्रेनको समान ६ अंक भएपनि जर्मनी दोस्रो तथा युक्रेन तेस्रो स्थानमा रहेको छ । स्वीट्जरल्यान्ड २ अंकसहित पुछारमा छ ।