× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    विश्वकप छनौट खेलमा अर्जेन्टिनाको लगातार दोस्रो जित

    ४ वर्ष पहिले

    एजेन्सी । विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ । गएराती बोलिभियामा सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनज र जोआक्वीन कोरेयाले एक-एक गोल गरेका थिए । कोरेयाले खेलको ७९औ मिनेटमा निर्णायक गोल गर्दै अर्जेन्टिनालाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।

    त्यस्तै बोलिभियाका लागि मार्सेलो मार्टिन्स मोरेनोले एक गोल गरेका थिए । अर्जेन्टिनाले १५ वर्षपछि बोलिभियालाई उसैको घरेलु मैदानमा हराएको हो । अब अर्जेन्टिनाले तेस्रो खेल नोभेम्बर १२ मा पराग्वे विरुद्ध खेल्दै छ ।