× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    यसपाली दशैंमा बजारमा नयाँनाेट नपाइने नेपाल राष्ट्र बैंककाे जानकारी

    ४ वर्ष पहिले

    आश्विन २८, नेपाल राष्ट्र बैंकले दशैंकाे अवसरमा बितरण गर्दै आइरहेकाे नयाँ नाेट यस बर्ष आम सर्वसाधारणकाे लागी बितरण गर्न नसकिने जनाएकाे छ । हाल केहि समय देखि बैंक कर्मचारीहरूमा पनि काेराेना पाेजिटिभ बढ्दै गएकाे, काेराेना संक्रमणकाे जाेखिम पनि पैसामा बढि हुने र नयाँ नाेटकाे लागी हुने भिडभाडलाइ समेत मध्यनजर गरेर यस बर्ष बितरण कार्यक्रम स्थगन गरिएकाे सम्बन्धित श्राेतले जानकारी गराएकाे हाे ।

    बडादशैंमा राताेटिका निधारमा थापेसंगै जमरा सहित दक्षिणाकाे रूपमा प्राप्त हुने दशैकाे नयाँनाेटकाे राैनक यस पटककाे दशैंमा नपाइने निश्चित भएकाे छ । गत बर्षको दशैँमा राष्ट्र बैंकले रू.५, १०, २०, ५० र १०० दरकाे ४० अर्बको नोट बजारमा पठाएको थियो तर अवस्था जे रहेपनि बैंकले चाडपर्वका बेला बजारमा नोटको अभाव भने हुन नदिने स्पष्ट पारेको छ ।