× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २६३८ जना कोरोना भाइरस संक्रमित थपिए,थप १२ जनाको मृत्यु

    ४ वर्ष पहिले

    असोज २८,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६ सय ३८ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ ।
    २४ घण्टामा १३ हजार ९ सय ४७ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १२ लाख २१ हजार ४१ जनाको पिसिआर भएको जनाईएको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ रहेको छ । संक्रमितमध्ये १४ हजार ८ सय १९ संस्थागत आइसोलेसनमा छन् भने २१ हजार ५ सय ४८ जना होम आइसोलेसनमा रहेका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा २ हजार १ सय ७४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८० हजार ९ सय ५४ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ६८.६ रहेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १२ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ सय ७५ पुगेको छ ।
    हाल क्वारेन्टिनमा ४ हजार ७ सय ७७ जना रहेको छ । त्यसैगरी आईसीयूमा ३०५ र भेन्टिलेटरमा ७० जनाको उपचार भइरहेको छ।