× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    कोरोना संक्रमणका कारण फ्रान्सका प्रमुख ९ सहरमा कर्फ्यू घोषणा

    ४ वर्ष पहिले

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फ्रान्स सरकारले राजधानी पेरिससहित ९ सहरमा कर्फ्यू लगाउने घोषणा गरेको छ ।
    एक टेलिभिजन अन्तरवार्तामा सम्बोधन गर्दै उनले शनिबारदेखि कम्तिमा ४ हप्ताको लागि पेरिससहित ९ सहरमा रातको समयमा कर्फ्यू लगाउने घोषणा गरेका हुन्।
    सुरुमा चार हप्ताको लागि भनिए पनि कम्तिमा ६ हप्तासम्म कर्फ्यू लम्ब्याउने योजनामा रहेको उनको भनाइ छ ।

    त्यहाँ कर्फ्यू भने राति ९ देखि बिहान ६ बजेसम्म मात्र लागू हुने बीबीसीले जनाएको छ । राति कर्फ्यू लागे पनि दिउँसो भने विद्यालय समेत खुल्नेछन् ।

    दिनको समयमा एक सहरबाट अर्को सहरमा पनि जान सकिनेछ । फ्रान्समा अहिले स्वास्थ्य आपत्काल लागु छ । बुधबार मात्रै त्यहाँ २२ हजार ९ सय ५१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । पुरै यूरोपमा कोरोना भाइरसको संक्रमण दोस्रो लहरमा सुरु भएपछि विभिन्न देशले प्रतिबन्ध लागु गर्न थालेका छन् ।
    फ्रान्समा अहिलेसम्म ७ लाख ७९ हजारमा कोरोनाको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ लाख ३ हजार निको भएका छन् भने ३३ हजार ३७ जनाको ज्यान गएको छ ।