× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    हाईवे हस्पिटलको घुम्ती स्वास्थ्य सेवा कार्यक्रम कुरिनटारमा शुभारम्भ।

    ४ वर्ष पहिले

    कुरिनटार, असाेज २९ । एक बर्ष अघि संचालनमा आएको मुग्लिङ हाईवे हस्पिटलको घुम्ती स्वास्थ्य सेवा कार्यक्रम आज एक कार्यक्रम बीच ईच्छाकामना गाउँपालिका वडा नं ४ कुरिनटारमा सेवा प्रारम्भ भएको छ।

    नेपालकै सर्बाधिक ब्यस्त राजमार्ग नौबिसे-पोखरा र नारायणगढ राजमार्गमा हुने सडक दुर्घटनाका घाईतेहरुको उपचारको लागि केन्द्रित गरी संचालनमा आएको मुग्लिङ हाईवे हस्पिटलले हाल २४औ घन्टा ईर्मजेन्सी सेवा, एक्सरे तथा अल्ट्रा साउण्ड सेवा, ल्याब सेवा, फार्मेसी र एम्बुलेन्स सेवा सहित मेडिकल अफिसर सहित ११ जना स्वास्थ्यकर्मीहरुको ब्यबस्था गरी सेवा दिईरहेको छ। स्वास्थ्य सेवा र सुबिधाबाट वञ्चित स्थानीय सेवाग्राहीहरुलाई घरदैलोमा पुगी स्वास्थ्य सेवा दिने उद्धेश्यका साथ कुरिनटारमा मुग्लिङ हाईवे हस्पिटलले घुम्ती स्वास्थ्य सेवा शुरु गरेको कुरा हस्पिटलका अध्यक्ष श्री राम बहादुर लामाले जानकारी दिनु भयो। औषधी बिक्री बितरण सहित हाललाई डाक्टर अन कलिङ सेवा अन्तर्गत नियमित रुपमा जनरल फिजिसियनको नेतृत्वमा ल्याब र भिडियो एक्सरे सेवा सहित घुम्ती प्रकृतिको स्वास्थ्य परीक्षण सेवा शुरू गरेको छ ।