४ वर्ष पहिले
राप्रपाका अध्यक्ष कमल थापा कोरोना संक्रमित भएका छन् ।
बिहीबार थापाले आफूमा कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका हुन् ।
“कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाईको कारण कोभिड–१९ पीसीआर परिक्षण गर्दा मेरो रिपोर्ट पोजिटिभ देखिएको छ । अवस्था सामान्य छ”, थापाले ट्विटरमा लेखेका छन् । “केही दिनयता मसंग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु।” थापा होम आइसोलेसनमै बसेका छन् ।