× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    प्रदेश-१ मा कोरोनाका कारण एकैदिन नौजनाको मृत्यु, ६५४ संक्रमित थपिए

    ४ वर्ष पहिले

    पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ।
    मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र ते‍र्‍हथुमका दुई/दुई जना रहेका छन्। योसँगै यो प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा गरिएको एक हजार ६४६ जनाको पीसीआर परीक्षणमा २४१ महिला र ४१३ पुरुष गरी कूल ६५४ जनामा कोरोना संक्रमण पुष्टि भएका छन्। यसरी कोरोना संक्रमण पुष्टि हुनेमा मोरङको विराटनगरका २२५ सहित ३२६, सुनसरीका २०९, झापाका ७४, संखुवासभाका नौ, उदयपुरका चार, भोजपुर, ते‍र्‍हथुम, इलाम र ताप्लेजुङका दुई/दुई जना तथा प्रदेश बाहिरका २४ जना रहेको मन्त्रालयले जनाएको छ।
    प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या १२ हजार २६९ पुगेको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा ३२६ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या पाँच हजार ३३९ पुगेको छ। अहिलेसम्म एक लाख ४२ हजार ५२३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। रासस