× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपिएलमा मुम्बईले कोलकातालाई हरायो

    ४ वर्ष पहिले

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो राती सम्पन्न शेख ज्यायद क्रिकेट स्टेडियममा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेर शीर्ष स्थानमा उक्लेको छ ।
    टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४८ रन बनाउन सफल भएको थियो ।

    कोलकाताका लागि प्याट कमिन्सले अर्धशतकीय पारी खेले । ३६ बल खेलेका उनले ५ चौका र २ छक्काको सहयोगमा ५३ रन बनाउन सफल भए । त्यस्तै कप्तान इयान मोर्गानले ३९ रन बनाउँदा सुभम गिलले २१ रनको योगदान गरे ।

    बलिङतर्फ मुम्बईका लागि राहुल चहारले दुई विकेट लिए । त्यस्तै प्याट कमिन्स, नाथन कट्रेल र जस्प्रित भुम्राहाले समान एक–एक विकेट लिए ।
    कोलकाताले मुम्बई इन्डियन्सलाई जितका लागि १४९ रनको लक्ष्य पछएको कोलकाताले १६ ओभर ५ बलमा २ विकेट गुमाउँदै १४९ रन बनायो ।
    मुम्बईका लागि क्विन्टन डीककले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका उनले ९ चौका र ३ छक्काको सहयोगमा ७८ रन बनाए । त्यस्तै रोहित शर्माले ३५ रन बनाउँदा हार्दिक पाण्ड्याले २१ रनको योगदान गरे ।
    बलिङतर्फ कोलकात्ताका लागि भरुन चक्रवर्ति र शिभम मावीले समान एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४८ रन बनाउन सफल भएको थियो ।
    यो खेलमा जित निकाल्दै मुम्बई ८ खेलबाट १२ अंकसँगै शीर्ष स्थानमा रहेको छ । समान खेल खेलेको कोलकात्ता ८ अंकसँगै तालिकाको चौथो स्थानमा रहेको छ ।