× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आजबाट दसैं पर्व सुरु, पहिलो दिन घटस्थापना

    ४ वर्ष पहिले

    हिन्दू नेपालीहरुको महत्वपूर्ण पर्व वडा दसैं आज (शनिबार) बाट सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ वडा दसैं पर्व मनाइन्छ।
    वडा दसैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। आज घटस्थापना गर्ने शुभसाइत बिहान ११ बजेर ४६ मा रहेको पञ्चांग निर्णायक समितिले जानकारी गराएको छ ।
    दशैँघरमा विधिपूर्वक यव (जौ) रोपिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।