× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा कोरोनाबाट थप दुई जनाको मृत्यु

    ४ वर्ष पहिले

    चितवन, १ कार्तिक । कोरोना भाइरस संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा थप दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१२ का ४९ वर्षीय पुरुष छन् तथा रौतहट जिल्ला,माधवनारायण-७ बस्ने ७० वर्षीय महिला छन् ।

    अस्पतालका अनुसार मृत्यु हुने पुरुष असोज ३० गते कोरोना संक्रमणसहित खोकी, श्वासप्रश्वासमा समस्या भई अस्पतालको कोभिड आईसीयू कक्षमा भर्ना भएका थिए । उनी असोज २८ गते कोभिड १९ संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका थिए ।

    क्यान्सरपीडित उनको स्वास्थ्य अवस्था जटिल भएपछि अस्पतालमा भर्ना भएका हुन् । भेन्टिलेटरमा राखेर उपचाररत उनको आज राति १ः४५ बजे मृत्यु भएको हो ।

    त्यसैगरी मृत्यु हुने अर्को महिला असोज २९ गते ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालको आइसोलेसनमा भर्ना भएको थियो। उनी असोज २८ गते कोभिड १९ संक्रमण पुष्टि भई आइसोलेसनमा बसेका थियो। भेन्टिलेटरमा राखेर उपचाररत उनको आज बिहान ९:२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    मृत्यु हुने पुरुष खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य हुन् ।उनी नेपाली काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए ।