४ वर्ष पहिले
राप्रपा अध्यक्ष कमल थापा ओम अस्पतालको भर्ना भएका छन् ।
थापालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेका थापालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा केही असहज भएपछि शुक्रबार अस्पताल भर्ना गरिएको हो ।
उनको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । हाल ज्वरो नियन्त्रणमा आउनुका साथै श्वासप्रश्वासमा देखिएको समस्या छैन ।