× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २९४२ जना कोरोना भाइरस संक्रमित थपिए,थप १२ जनाको मृत्यु

    ४ वर्ष पहिले

    कार्तिक २,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।
    २४ घण्टामा १४ हजार ८ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १२ लाख ८३ हजार ३ सय ५४ जनाको पिसिआर भएको जनाईएको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको छ । संक्रमितमध्ये १२ हजार ९ सय ३३ संस्थागत आइसोलेसनमा छन् भने २६ हजार ४ सय ८ जना होम आइसोलेसनमा रहेका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३ सय २६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ६९.७ रहेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १२ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको छ ।
    हाल क्वारेन्टिनमा ४ हजार ८ सय ३१ जना रहेको छ । त्यसैगरी आईसीयूमा ३०१ र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको छ।