× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३०९३ जना कोरोना भाइरस संक्रमित थपिए,थप ८ जनाको मृत्यु

    ४ वर्ष पहिले

    कार्तिक ४,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १सय २९ पुगेको छ ।
    २४ घण्टामा १३ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १३ लाख १४ हजार ७ सय ७९ जनाको पिसिआर भएको जनाईएको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ७५ रहेको छ । संक्रमितमध्ये १३ हजार ५ सय ५९ संस्थागत आइसोलेसनमा छन् भने २८ हजार १ सय ९७ जना होम आइसोलेसनमा रहेका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा २ हजार १ सय ८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९६ हजार ६ सय ९ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ६९.४ रहेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ८ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ ।
    हाल क्वारेन्टिनमा ४ हजार २ सय २० जना रहेको छ । त्यसैगरी आईसीयूमा २७३ र भेन्टिलेटरमा ७८ जनाको उपचार भइरहेको छ।