× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    कुखुरीलाई बलात्कार गरेको आरोपमा ३ वर्ष जेल सजाय

    ४ वर्ष पहिले

    कुखुरीलाई बलात्कार गर्ने एक व्यक्तिलाई अदालतले ३ वर्षको जेल सजाय सुनाएको छ । गत वर्ष खुलासा भएको यो घटनामा बेलायतको ब्राडफोर्ड क्राउन कोर्टले ती अभियुक्तलाई दोषी ठहर गर्दै अहिले फैसला गरेको हो । डेलीमेलको रिपोर्टअनुसार ती अभियुक्तकी श्रमितीले नै आफ्ना श्रीमानले कुखुरालाई बलात्कार गरेको भिडियो खिचेकी थिइन् ।

    दोषी ठहर गरिएका व्यक्ति ३७ वर्षका रेहान बेग हुन् । अदालतमा सुनुवाइमा बताइएअनुसार रेहानको क्रियाकलापले ती कुखुराहरु मरेका थिए । रेहानकी श्रीमतीले पनि अदालतमा सुनुवाइका क्रममा आफूले आफ्ना श्रीमानलाई यस्ता विचित्र काममा सहयोग गर्ने गरेको स्वीकार गरेकी छिन् । यद्यपि उनीमाथि पनि घरेलु हिंसा भएको प्रमाण भेटिएपछि अदालतले उनलाई सजाय दिएन ।

    अदालतले रेहानको क्रियाकलापलाई निकै निकृष्ट र विकृत भनेको छ । उनको यो हर्कतको खुलासा गत वर्ष भएको थियो । त्यतिबेला नेशनल क्राइम एजेन्सीले बालबालिकाको यौनशोषणको भिडियो राखेको सूचनाका आधारमा उनको घरमा छापा मारेको थियो । बेगको कम्प्युटरमा बालबालिकाको यौनशोषणको भिडियो पनि बरामद गरिएका छन् ।