× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ५७४३ जना कोरोना भाइरस संक्रमित थपिए,थप २६ जनाको मृत्यु

    ४ वर्ष पहिले

    कार्तिक ५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४३ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । २४ घण्टामा २० हजार १ सय १८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १३ लाख ३४ हजार ८ सय ९७ जनाको पिसिआर भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ रहेको छ । संक्रमित मध्ये १४ हजार ६ सय ७६ संस्थागत आइसोलेसनमा छन् भने २९ हजार ८ सय जना होम आइसोलेसनमा रहेका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९९ हजार ६ सय ५ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ६८.७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप २६ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ । हाल क्वारेन्टिनमा ४ हजार ६५ जना रहेको छ । त्यसैगरी आईसीयूमा २६९ र भेन्टिलेटरमा ८७ जनाको उपचार भइरहेको छ।