× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३६२७ जना कोरोना भाइरस संक्रमित थपिए,थप २१ जनाको मृत्यु

    ४ वर्ष पहिले

    कार्तिक ६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६ सय २७ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख ४८ हजार ५ सय १ पुगेको छ । २४ घण्टामा १५ हजार २ सय ५५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १३ लाख ५० हजार १ सय ५२ जनाको पिसिआर भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ रहेको छ । संक्रमित मध्ये १३ हजार ३ सय ३९ संस्थागत आइसोलेसनमा छन् भने ३१ हजार ५ सय ३८ जना होम आइसोलेसनमा रहेका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना निको भएका छन् । कुल निको हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप २१ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको छ । हाल आईसीयूमा २९० र भेन्टिलेटरमा ७७ जनाको उपचार भइरहेको छ।