× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीलाई कोरोना संक्रमण

    ४ वर्ष पहिले

    कात्तिक ६, चितवनको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।अस्पतालमा कोभिडको बिरामीहरुको उपचार तथा व्यवस्थापनमा खट्दै आएका डा. अधिकारीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।

    हल्का खोकी र छाती दुख्ने सामान्य समस्या मात्रै देखिएको डा. अधिकारीले बताए । ज्वरो आउने र कमजोरी हुने लक्षण भने नदेखिएको उनले जानकारी दिए ।यसअघि, भरतपुर अस्पतालमा अहिलेसम्म कोरोनाबाट ७५ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् ।