× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ५७० जना कोरोना भाइरस संक्रमित थपिए,थप १४ जनाको मृत्यु

    ४ वर्ष पहिले

    कार्तिक ११,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ७० जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।२४ घण्टामा २७ सय २५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १४ लाख ६ सय ९४ जनाको पिसिआर भएको जनाईएको छ ।देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय ३१ रहेको छ। पछिल्लो २४ घण्टामा ३ हजार १ सय ७८ जना निको भएका छन् । कुल निको हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १४ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ ।हाल क्वारेन्टिनमा २ हजार ९ सय ३२ जना रहेको छ ।