× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    २० हजार भाइल रेमडिसिभिर नेपाल आउँदै, नयाँ मूल्य ५ हजार ३ सय

    ४ वर्ष पहिले

    कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि रेमडिसिभिरको थप २० हजार भाइल नेपाल आउने भएको छ।

    नेपाल ल्याउन लागिएको रेमडिसिभिर क्लिनिकल ट्रायल गरिरहेको संस्था जुलियडको लाइसेन्स लिएर भारतीय कम्पनी सिप्लाले उत्पादन गरेको औषधि हो।

    जुन तेस्रो चरणको क्लिनिकल ट्रायलमा छ। औषधि यतिकेम डिस्टिबयुटले ल्याउन लागेको हो।

    पहिलो चरणमा ३ हजार भाइल केहीदिनभित्रै नेपाल आइपुग्ने यतिकेम समूहका कार्यकारी अध्यक्ष प्रभुराज बैद्यले जानकारी दिए।

    कम्पनीसँग २० हजार भाइलको सम्झौता भएको र तत्काल ३ हजार तथा थप ५ हजार भाइल एक साताभित्रै नेपाल आइपुग्ने बैद्यले बताए।

    यसअघि सो औषधि वैद्यले सरकारको आग्रहअनुसार निर्माता कम्पनीसँग कुरा गरेर नयाँ मूल्य तय गरेकोसमेत जानकारी दिए। यसअघि सो औषधिको मूल्य नेपाली बजारमा ६ हजार ४०० थियो।

    नयाँ मूल्यअनुसार अब याे औषधिकाे मूल्य नेपालमा ५ हजार ३ सय पर्ने उनले जानकारी दिए।

    श्वाप्रश्वासको समस्या भई आइसियुमा उपचारमा रहेका संक्रमितलाई मात्र रेमडिसिभर औषधि चलाइने चिकित्सकले बताएका छन्। हाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वीकृत दिएका कोभिड अस्पतालले मात्र बिरामीमा औषधिको परीक्षण गर्न पाउनेछन् । Source : healthpostnepal