× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    टर्की र ग्रीसमा शक्तिशाली भूकम्प गयाे ।

    ४ वर्ष पहिले

    एजेन्सी । ग्रीक टापु सेमोसदेखि उत्तरमा पर्ने टर्कीकाे इजिआन तटीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ निकायका अनुसार सात म्याग्निट्युडको भूकम्पको धक्का धेरै टाढा एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको छ ।

    सात म्याग्निट्युडको शक्तिशाली भूकम्पले टर्कीको इज्मिर शहर आसपासको क्षेत्रका भवनहरूमा समेत क्षति पुर्‍याएको छ । स्थानीय अधिकारीहरूका अनुसार २० वटा भवनहरू भत्केका छन् । अहिलेसम्म २२ जनाको मृत्यु भएको र ७ सयभन्दा बढी घाइते भएको विवरण प्राप्त भएका छन् । धेरै मानिसहरू पुरिएको हुनसक्ने आशङ्कामा उद्धारकर्ताहरूले खोजी कार्य गरिरहेका छन् ।

    अमेरिकी भूगर्भ निकायका अनुसार ७ म्याग्निट्युडको भूकम्पको धक्का धेरै टाढा एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको थियो । टर्कीमा भूकम्प गइरहन्छ । सन् १९९९ मा इज्मिरमा गएको भूकम्पमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए ।