× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २५०८ जना कोरोना भाइरस संक्रमित थपिए,थप १७ जनाको मृत्यु

    ४ वर्ष पहिले

    कार्तिक १५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५ सय ८ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ ।
    २४ घण्टामा ९ हजार २ सय ९० जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १४ लाख ४३ हजार ३ सय ४३ जनाको पिसिआर भएको जनाईएको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ५ सय ८४ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३१ हजार ८ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ५ सय ७६ रहेको छ ।
    पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ जना निको भएका छन् । कुल निको हुनेको संख्या १ लाख ३१ हजार २ सय २२ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७६.९ रहेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १७ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय ३७ पुगेको छ ।
    हाल क्वारेन्टिनमा २ हजार ४ सय १० जना रहेको छ ।त्यस्तै आइसीयूमा अहिले २९६ जना र भेन्टिलेटरमा ६९ जनाको उपचार भईरहेको छ ।