× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    बेलायतमा फेरि एक महिना लकडाउनको घोषणा

    ४ वर्ष पहिले

    कोरोना भाइरस संक्रमण पुनः फैलिएपछि बेलायतले दोस्रो पटक लकडाउन घोषणा गरेको छ। शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागू हुने गरी चार हप्ताका लागि लकडाउन घोषणा गरेका हुन्। यसअघि यही वर्षको मार्च २३ देखि पहिलो पटक लकडाउन गरेर जुलाईमा खुला गरिएको थियो।यो पटकको लकडाउनमा पहिले जस्तो स्कुल, कलेज तथा विश्वविद्यालयहरू भने बन्द हुने छैनन्। अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू पूर्णरूपमा बन्द रहने बताइएको छ।हस्पिटालिटी क्षेत्रमा रेस्टुरेन्ट र पबहरू बन्द रहने भए पनि टेक–वे पसलहरू भने खुल्ने बताइएको छ। पछिल्लो पटक कोरोना सङ्क्रमणको सङ्ख्या एक्कासि बढेपछि कुन तहको बन्द गर्ने भन्ने सवालमा सरोकारवालाहरूसँग करिब तीन हप्ता गरेको छलफलबाट बन्द गर्ने निष्कर्षमा सरकार पुगेको हो।आगामी डिसेम्बर २ तारिखपछि लकडाउन अलि खुकुलो हुने र सबै काममा फर्कन सजिलो हुने बताइएको छ।