× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २८२४ जना कोरोना भाइरस संक्रमित थपिए,थप २३ जनाको मृत्यु

    ४ वर्ष पहिले

    कार्तिक १६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय २४ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।
    २४ घण्टामा १३ हजार २३ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १४ लाख ५६ हजार ३ सय ६६ जनाको पिसिआर भएको जनाईएको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३० हजार ९ सय ८६ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ७ सय ७९ रहेको छ ।
    पछिल्लो २४ घण्टामा ३ हजार ६ सय २० जना निको भएका छन् । कुल निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७७.७ रहेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप २३ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ ।
    हाल क्वारेन्टिनमा २ हजार ३ सय ८६ जना रहेको छ ।त्यस्तै आइसीयूमा अहिले २८३ जना र भेन्टिलेटरमा ७८ जनाको उपचार भईरहेको छ ।