× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेकपा फुटको संघारमा !

    ४ वर्ष पहिले

    काठमाडौँ- नेकपाभित्र विवाद उत्कर्षमा पुगेपछि खुमलटार र बालुवाटारमा छुटछुट्टै भेला गर्ने क्रमले तीव्रता पाएको छ।
    नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले खुमलटारमा छुट्टै भेला गरेपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन हुन सक्ने चेतावनी दिएका छन् ।
    सचिवालयका केही सदस्यसहित आफू निकट नेताहरुसँग खुमलटारमा छलफल गरेका नेकपाका अर्का अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीबाट यस्तो चेतावनी आएको बताएका हुन् ।
    भेलामा अध्यक्ष प्रचण्डले शनिबार भएको बालुवाटार वार्ताबारे ब्रिफिङ गरेका थिए । आजको भेलामा उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य रामबहादुर थापा बादल, र नारायणकाजी श्रेष्ठ उपस्थित थिए । प्रचण्डले बैठकमा पार्टी फुटको नजिक पुगेको ब्रिफिङ गरेका थिए ।
    ‘शनिबार भएको भेटवार्तामा प्रधानमन्त्रीले पार्टी अलग–अलग गरेर जाऔं भन्नुभएको कुरा अध्यक्ष प्रचण्डले बिफ्रिङ गर्नुभयो,’ छलफलमा सहभागी एक नेताले भने, ‘पछिल्लो समय देखा परेको घटनाक्रमले प्रधानमन्त्रीले अध्यादेशमार्फत पार्टी फुटाउने मनशाय देखाउनुभएको छ । तर, हामी एकताको पक्षमा छौं ।’
    प्रधानमन्त्री ओलीले स्थायी कमिटी र सचिवालय बैठकका सबै निर्णय मान्न आफू तयार नभएको बताउँदै आएका छन् । उनले अध्यक्ष प्रचण्डसँगको भेटवार्तामा सबै निर्णयहरु मान्नुपर्ने अनिवार्य नभएको बताएका छन् ।
    नेकपा स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन गर्न आलटाल गरिरहेका बेला प्रधानमन्त्री ओली पक्षका नेताहरुले अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व माग गरेको हल्ला फैलाएका छन् । पार्टीका हरेक बैठकले गरेको निर्णय कार्यान्वयन नभएकाले अब पेलेरै जाने निर्णय भएको बैठकमा सहभागी ती नेताले बताए ।
    कोरोना भाइरसको महामारीले जनता आक्रान्त भएको अवस्थामा प्रधानमन्त्रीले केही राहतका प्याकेजहरु ल्याउनुपर्ने तर, उल्टो जनतासँग पैसा असुलेर उपचार गराउने, रअ प्रमुखको भेटवार्ताको जानकारी नदिने, आफ्नै कार्यकर्ता मारिँदासमेत न्याय नदिने र कर्णालीमा अनवश्यक विवाद झिक्ने काम प्रधानमन्त्रीजीबाटै भएको छ’, भेलामा सहभागी एक सचिवालय सदस्यले भने, ‘आजको भेलाले केही कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ ।’
    आइतबार दिउँसो महासचिव विष्णु पौडेलले पार्टी एकता संकटमा परेको बताएका थिए । महासचिव पौडेलले पार्टी एकता सम्पन्न भएसँगै एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित भएको बताएका छन् ।
    तर, आजसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिबेला पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको छ’, उनले भनेका छन् ।
    महासचिव पौडेलले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचमा उच्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन नसक्ने बताएका छन् ।
    खबरहब