× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २९३३ जना कोरोना भाइरस संक्रमित थपिए,थप २४ जनाको मृत्यु

    ४ वर्ष पहिले

    कार्तिक १७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३३ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।
    २४ घण्टामा १३ हजार ४ सय ४६ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १४ लाख ६९ हजार ८ सय १२ जनाको पिसिआर भएको जनाईएको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय २४ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३० हजार ९ सय २४ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ६ सय रहेको छ ।
    पछिल्लो २४ घण्टामा ३ हजार १ सय ५० जना निको भएका छन् । कुल निको हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७८.२ रहेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप २४ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ ।
    हाल क्वारेन्टिनमा २ हजार १ सय १९ जना रहेको छ ।त्यस्तै आइसीयूमा अहिले ३४७ जना र भेन्टिलेटरमा ७४ जनाको उपचार भईरहेको छ ।