× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    अष्ट्रियाको राजधानी भियनामा आतंककारी आक्रमणको आशंका

    ४ वर्ष पहिले

    अष्ट्रियाको राजधानी भियनामा कयौँ बन्दुकधारीले एकैपटक ६ ठाउँमा गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने धेरै मानिस घाइते भएका छन्। अष्ट्रियाको गृह मन्त्रालयले यसलाई ‘आतंकवादी हमला’ बताएको छ।

    त्यहाँका गृहमन्त्री कार्ल नेहमाले एक बन्दुकधारीको मृत्यु भएको जानकारी दिएका छन्। भियनाको सेन्ट्रल स्विडनप्लाट्ज स्क्वायर र आसपास गोली चलेको हो।भियनाका मेयरले गोलीबारीमा १५ जना घाइते भएको र तीमध्ये सात जनाको अवस्था गम्भीर रहेको बताएका छन्। घाइते हुनेमा प्रहरी अफिसर पनि छन्। आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ।प्रहरीले मानिसहरुलाई आक्रमण गरिएको र अन्य सार्वजनिक स्थानमा नजान तथा सकेसम्म सार्वजनिक यातायात प्रयोग नगर्न भनेको छ। । यहूदीको एक पूजास्थल अगाडिको सडकमा गोली चलाइएको बीबीसीले जनाएको छ ।

    यहूदी समुदायका नेता ओस्कर डचले ट्विट गरेर यहूदीको पूजास्थललाई निशाना बनाएको हो वा होइन स्पष्ट नभएको जनाएका छन्। अष्ट्रियाले कोरोनाभाइरस नियन्त्रणका लागि प्रतिबन्धका नयाँ नियम लागू गर्नुभन्दा ठीक एक घन्टाअघि यो आक्रमण भएको हो।