× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा ३ घाइते

    ४ वर्ष पहिले

    कार्तिक १८, चितवन ।
    मुग्लिन बजार चोकमा पैदलयात्रीलाई मोटरसाइकलले ठक्कर दिदा ३ जना घाइते भएका छन् । बाग्लुङ्गबाट नारायणगढतर्फ जादै गरेको ध १ प ९४१२ नम्बरको मोटरसाइकलले वतन नखुलेको अन्दाजी वर्ष ५० का शेर बहादुर चेपाङ्गलाई ठक्कर दिएकोे ट्राफिक प्रहरी कार्यालय मुगि्लनका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले जानकारी दिएका छन् । मोटरसाइकलमा सवार चालक बाग्लुङका बर्ष ३० को नविन थापा र पछाडी सवार ऐ. बस्ने वर्ष १५ की सुपुत्री खड्का घाइते रहेको र उनीहरुको उपचारको लागि भरतपुर पठाइको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल इलाका प्रहरी कार्यालय मुगि्लनले आफ्नो नियन्त्रणमा लिएको छ ।