× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा मात्र एक सय १६ कोरोना संक्रमितको मृत्यु

    ४ वर्ष पहिले

    कात्तिक १८, कोरोना भाइरसको संक्रमणबाट चितवनमा अहिलेसम्म एक सय १६ जनाको मृत्यु भएको छ।
    नेपाली सेनाको कालिबहादुर गण, भरतपुरका अनुसार कोरोनाबाट मृत्यु हुनेहरुमा ६४ जना चितवनका र अन्य ५२ जना अन्य जिल्लाबाट उपचारका लागि आएका संक्रमित रहेका छन्। शवको व्यवस्थापन गर्दै आएको कालिबहादुर गणका अनुसार एक सय सात जनाको शव सेनाले व्यवस्थापन गरेको छ भने नौ जनाको शव भने सम्बन्धित जिल्लामा समन्वय गरी अन्त्येष्टिका लागि लगिएको हो।
    गणका अनुसार मृत्यु भएकाहरुमा चितवनबाहेक सबैभन्दा बढी नवलपरासी (त्रिवेणी सुस्तापूर्व)का रहेका छन्। नवलपरासीका १८ जनाको चितवनका अस्पतालमा मृत्यु भएको हो।
    त्यसैगरी मकवानपुरका १२, रौतहटका चार, सर्लाहीका चार, तनहुँका तीन, गोरखाका चार, कैलालीका दुई, बारा, रुपन्देही, गुल्मी, धादिङ र प्युठानका एक\एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
    चितवनमा अहिलेसम्म पाँच हजार नौ सय २३ जनामा संक्रमण देखिएको छ। तीमध्ये ६४ जनाको मृत्यु भएको हो। मृत्युदरको हिसाबले १.०८ प्रतिशत रहेको छ।
    देशभरको तथ्याङ्कलाई हेर्दा मृत्युदर ०.५५ प्रतिशत मात्रै रहेको छ। देशभरको कुल सङ्क्रमणबाट मृत्यु भएकाको सङ्ख्या १००४ रहेको छ। तीमध्ये ११६ जनाको चितवनमा मृत्यु भएको हो। नेपालमा मृत्यु भएकाहरुको हिसाबले चितवनमा मृत्यु भएकाहरुको प्रतिशत ११.५५ हुन आउँछ ।
    प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले चितवनले आफ्नो जिल्लाको मात्रै नभएर छिमेकी जिल्लाका सङक्रमितको उपचार र शव व्यवस्थापन गरेको हुँदा कुल मृत्यु सङ्ख्या बढी हुन आएको बताए। यहाँको सङ्घीय भरतपुर अस्पताल, दुई मेडिकल कलेज र निजी अस्पतालले समेत सङ्क्रमितको उपचार गर्दै आएका छन्।