× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३३०९ जना कोरोना भाइरस संक्रमित थपिए,थप ३० जनाको मृत्यु

    ४ वर्ष पहिले

    कार्तिक १९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ९ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ ।
    २४ घण्टामा १३ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १४ लाख ९४ हजार १ सय २२ जनाको पिसिआर भएको जनाईएको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३० हजार १ सय ३१ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ७ सय ८० रहेको छ ।
    पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जना निको भएका छन् । कुल निको हुनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७९.२ रहेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ३० को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ ।
    हाल क्वारेन्टिनमा १ हजार ३ सय ५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३७९ जना र भेन्टिलेटरमा ७८ जनाको उपचार भईरहेको छ ।