× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    ऋण तिर्न नसकेपछि लिलामीमा चढेको डालिमा रिर्सोट जोगियो

    ४ वर्ष पहिले

    पारिवारिक किचलोले झन्डैझन्डै लिलामीमा चढिसकेको चितवनको कुरिनटारमा रहेको सिरिन हाइवे रिर्सोट डालिमाले कोभिडका बीचमा पनि ब्याज तिरेर ऋणलाई ‘नियमित’ गरेको छ।ऋण नतिरेपछि गत फागुनमा प्रभु बैंकले रिसोर्टलाई लिलामीमा राखेको थियो। लगत्तै चैतमा सरकारले लकडाउन गर्‍यो। त्यसले व्यवसाय ठप्प हुनेमा सबैभन्दा बढी होटल, रेस्टुरेन्ट र रिसोर्टहरु नै परे। तैपनि कम्पनीले आफूलाई लिलामीबाट जोगाउन ऋणलाई नियमित गरेको छ।

    करिब २२ करोड रुपैयाँ ऋण तिर्न नसकेपछि प्रभु बैंकले होटल लिलामीमा राखेको थियो। रिसोर्टले असार मसान्तसम्मको सबै ब्याज भुक्तानी गरिसकेको छ। कोभिड प्रभावित भएकाले असोजको भुक्तानीमा समस्या देखिएको छ। रिसोर्टले फागुनदेखि असारसम्म गरेर ९ करोड भुक्तानी गरिसकेको बैंक स्रोतले जनाएको छ।प्रभु विकास बैंकले किस्ट बैंक गाभेलगत्तै डालिमा केटर्स एण्ड रिर्सोट्स प्रालिलाई ऋण दिएको थियो। होटलले केही वर्षसम्म नियमित ऋण तिरेको थियो। तर गत वर्षदेखि ऋण तिर्न बन्द गरेको थियो। ऋण भुक्तानी नगरेपछि प्रभुले फागुन २२ गते लिलामीमा चढाउने सार्वजनिक सूचना जारी गरेको थियो।कुरिनटारको पृथ्वी राजमार्गसँगै जोडिएको यो होटल केही वर्ष अघिमात्रै कृष्णबहादुर कुँवरले किनेका हुन्। कुँवर हस्पिटालिटी क्षेत्रमा परिचित व्यक्ति हुन्। उनको नगरकोटमा पनि सिरिन माउन्टेन रिर्सोट छ भने पुल्चोकको भाटभटेनी नजिकै एम्बर्स रेष्टुरेन्ट पनि छ।उनले किन्नु भन्दा अघि यो होटलको नाम डालिमा हाइवे रिर्सोट थियो। राजमार्ग हुँदै विभिन्न क्षेत्रमा जाने आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै दुई दशक अघि स्थापना भएको यो होटल बीचमा बन्द भएको थियो। केही वर्ष अघि मात्रै यो होटल कुँवरले किनेपछि ठूलो लगानी गरेर आन्तरिक र बाह्य सजावट परिवर्तन गरेका थिए।होटलमा थप लगानी गरेर सेमिनार हलदेखि स्वीमिङ पुल समेत बनाएका थिए। होटलमा विभिन्न विवाह र व्रतबन्धसमेत गर्न मिल्नेगरि हलहरु समेत बनाएका थिए। त्यो बाहेक पनि होटल अगाडि मार्ट पनि संचालनमा ल्याएका थिए। ठूलो लगानी गरेर होटलको स्तरोन्नति गरे पनि पर्याप्त पर्यटक आएनन्। तैपनि शुक्रबार र शनिबार भने निकै भीड हुने गरेको थियो। होटलको अरु संचालकमा शारदा कुँवर, दीपेश कुँवर र दीपा कुँवर छन्। उनीहरुले टप नच प्रोपर्टीका नामबाट पनि ऋण लिएका थिए। ‘आन्तरिक कारणले ऋण भुक्तानी नियमित थिएन। अब नियमित भइसकेको छ,’ बैंक स्रोतले भन्यो, ‘कोभिडका कारण अलिकति प्रभावित छ। तर अब सर्भाइव हुन्छ। उहाँहरु ऋण तिर्न सक्ने मान्छे हो। अन्य धेरै ठाउँमा सम्पत्ति छ।’ प्रभु बैंकसँग ऋण लिन कम्पनीले ललितपुर सुनाकोठीको जग्गा धितोमा राखेको छ। त्यहाँ कम्पनीको १९ रोपनी जग्गा र घर छ। त्यो घरमा कुँवर बस्दै आएका छन्। यसबाहेक टप नच प्रोपर्टिज प्रालिको स्वामित्वमा रहेको चालु सम्पत्ति तथा हाइपोथिकेसन धितो पनि छ। कुँवरको कलंकीमा व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्न मिल्ने घर छ भने जोरपाटीमा करिब ४० वटा सटर रहेको अर्को घर पनि छ।कुँवर पश्मिनाका पुराना व्यवसायी हुन्। उनले पश्मिनामा निर्यात गरेको भन्दै सरकारबाट सम्मानित समेत भएका थिए। अहिले भने उनले पश्मिना ब्यवसाय छाडिसकेका छन्।